३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नरैनापुरको बाढी प्रभावित क्षेत्रमा बाँकेका प्रजिअ, भत्किन लागेको बाँधको तटबन्ध तत्काल सुरु गर्न स्थानीयको माग



नरैनापुर । अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको आग्रहमा मंगलबार प्रमुख जिल्ला अधिकरी सूर्य बहादुर खत्री, प्रहरी उपरिक्षक श्याम कृष्ण अधिकारी, नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल सहितको टोलीले भत्किन थालेको बाधको स्थलगत अनुगमन गरेका छन् । अवलोकन गर्न पुगेका प्रजिअ खत्रीले तत्काल बाँधको तटबन्ध मरमत र निर्माण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयहरु संग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी खत्रीले नरैनापुरको अवस्था दर्दनाक रहेकोले गृह मन्त्रालय मार्फत बाढी प्रभावितहरुको समस्या समाधानका लागि पहल गर्ने जनाए ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले राप्ती सोनारी र नरैनापुरका नागरिकले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरे । बाढी प्रभावितहरुलाई तत्काल राहात दिन अनुगमन टोलीलाई उनले आग्रह पनि गरे । अध्यक्ष शाहले सिक्टाले बनाएको बाध पूर्ण रुप फुटेको खण्डमा ठूलो मानवीय क्षति हुन सक्ने भएकोले उक्त बाध मर्मतका प्राविधिहरु तत्काल खटाउन माग गरे ।

निरन्तर रुपमा परी राखेको पानीका कारण नरैनापुरमा तिन हजार घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरुपमा पीडित हुन पुगेको अनुगमन टोलीलाई प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ५८ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड