६ आश्विन २०८३, मंगलबार | September 22, 2026

रुपन्देही २ का उम्मेद्वार खारेजीको निर्णय सच्चाउन गठबन्धनको माग



बुटवल । रुपन्देही निर्वाचन क्षेत्र न. २ को उम्मेद्वारको खारेजीको बिषयमा लिएर गठबन्धन दलले निर्णय र तालिका सच्चाउन माग गरेको छ । निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ मा गठबन्धन दलहरुले बुधबार ज्ञापनपत्र बुझाउँदै अधिकृतको भूमिकामाथि नै प्रश्न उठाउँदै निर्णय सच्चाउन माग गरेको हो ।

नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र न. २ का क्षेत्रिय सभापती पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा समाजवादी रुपन्देहीका उपाध्यक्ष चिन बहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त रुपमा निवेदन दिदैं निर्णय सच्चाउन माग गरेका हुन ।

ज्ञापनपत्रमा गठबन्धनका उम्मेद्वार गुरुङ विरुद्ध कुनै उजुरी नपरेको अवस्थामा कुनै संस्थाले भनेको आधारमा उम्मेद्वार खारेजी गरेको भन्दै राजनीतिक पूर्वाग्रह राखिएको आशंका व्यक्त गरिएको छ । ‘तपाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको नीजि सचिवालयबाट काजमा आएको हुँदा तपाईले गराउने निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा हामी दलहरु विश्वस्त छैनौं’ ज्ञापनपत्रमा भनिएको छ । दलहरुले निर्णय र कार्यतालिका नसच्याए दुर्घटना हुनसक्ने चेतावनी समेत दिइएको छ । ज्ञापनपत्रमा गुरुङको मुद्धा अदालतमा विचाराधिन रहेको समेत उल्लेख गरिएको छ ।

गुरुङको निर्वाचन आयोगले बैंकिङ कालोसूचीमा रहेको भन्दै मंगलबार उम्मेद्वार खारेज गरेको सूचना निकालेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ५ : ४७ बजे

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक

पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा