३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

नवौँ राष्ट्रिय खेलकुद : ह्याण्डबलतर्फ समूह चरणका खेल जारी



कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल (महिला÷पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन् ।

खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ । गण्डकीले बागमती प्रदेशलाई ३२-१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ । आर्मीले प्रदेश-१ लाई ५४-१० अङ्कको जित निकालेको हो । आर्मीले पनि नौ अङ्क जोडेको छ ।

यस्तै सशस्त्र प्रहरी बलको एपीएफले पनि लगातार तेस्रो खेल जित्दै नौ अङ्क बनाएको छ । एपीएपले प्रदेश-१ लाई ३५-५ अङ्कले जितेको हो । ह्याण्डबलको पुरुषतर्फ नै लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । लुम्बिनीले सुदूरपश्चिममाथि ३०-२५ अङ्कको जित निकालेको हो । जितसँगै लुम्बिनीले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

अर्को खेलमा कर्णाली प्रदेशले सङ्घर्षपूर्ण जित निकालेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले बागमतीलाई १८-१७ अङ्कले पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबल खेलमा बागमती प्रदेशले जित निकालेको छ । बागमतीले मधेश प्रदेशलाई ६-४ अङ्कले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क बटुलेको हो । महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले प्रदेश-१ माथि ३४-९ अङ्कको फराकिलो जित निकालेको हो । आर्मीले नौ अङ्क जोडेको छ ।

महिलातर्फ नै लुम्बिनी प्रदेशले सदूरपश्चिम प्रदेशलाई माथि १४-१० अङ्कले पराजित गरेको छ । दुई समूहमा विभाजन गरेर खेलाइएको छ । पुरुषतर्फ समूह ‘क’ मा गण्डकी, मधेश, बागमती, आर्मी र कर्णाली प्रदेश छन् । समूह ‘ख’ मा एपिएफ, लुम्बिनी, प्रदेश एक र सुदूरपश्चिम प्रदेश छन् । यस्तै महिलातर्फ समूह ‘क’ मा एपिएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् । समूह ‘ख’ मा आर्मी, प्रदेश एक, बागमती, मधेश र कर्णाली प्रदेश छन् ।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ११ : ३५ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा