२३ बैशाख २०८३, बुधबार | May 7, 2026

उम्मेदवार खारेजका विरुद्ध रुपन्देही २ का राजु गुरुङ सर्वोच्चमा



काठमाडौं । कसैको उजुरी बिना निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनको समर्थनमा एकीकृत समाजवादीका उम्मेदवार सर्वोच्च अदालतको शरणमा पुगेका छन् । निर्वाचन अधिकृतको कार्यालयले गरिदिएको आफ्नो उम्मेदवारी खारेजीको निर्णय बदरको माग गर्दै गुरुङ सर्वोच्च अदालत पुगेका हुन् ।

निर्वाचन आयोगविरुद्धको गुरुङको रिट निवेदन दर्ता गर्न निवर्तमान कानून मन्त्री गोविन्द बन्दी,बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,रमण श्रेष्ठसहितको टोलि सर्वोच्च अदालत पुगेका छन् ।

गुरुङले बैकिङ कसूर सम्बन्धी मुद्दामा सजाय पाएको अभियोगमा निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेजी गरेका थिए । निर्वाचन ऐनमा उम्मेदवारका विरुद्ध सोही पदमा उठेका उम्मेदवारबाट उजुरी गर्न सकिने व्यवस्था भएपनि गुरुङको विरुद्ध विना उजुरी निर्वाचन अधिकृतले गुरुङको उम्मेदवार खारेज गरिदिएका थिए ।

एमाले उपाध्यक्ष बिष्णु पौडेलविरुद्ध उम्मेदवार बनेका गुरुङसहित अन्य दुईजना स्वतन्त्र उम्मेदवारको पनि मनोनयन खारेजी भएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ३ : ५८ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा