५ पुस २०८२, शनिबार | December 20, 2025

उम्मेदवार खारेजका विरुद्ध रुपन्देही २ का राजु गुरुङ सर्वोच्चमा



काठमाडौं । कसैको उजुरी बिना निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनको समर्थनमा एकीकृत समाजवादीका उम्मेदवार सर्वोच्च अदालतको शरणमा पुगेका छन् । निर्वाचन अधिकृतको कार्यालयले गरिदिएको आफ्नो उम्मेदवारी खारेजीको निर्णय बदरको माग गर्दै गुरुङ सर्वोच्च अदालत पुगेका हुन् ।

निर्वाचन आयोगविरुद्धको गुरुङको रिट निवेदन दर्ता गर्न निवर्तमान कानून मन्त्री गोविन्द बन्दी,बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,रमण श्रेष्ठसहितको टोलि सर्वोच्च अदालत पुगेका छन् ।

गुरुङले बैकिङ कसूर सम्बन्धी मुद्दामा सजाय पाएको अभियोगमा निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेजी गरेका थिए । निर्वाचन ऐनमा उम्मेदवारका विरुद्ध सोही पदमा उठेका उम्मेदवारबाट उजुरी गर्न सकिने व्यवस्था भएपनि गुरुङको विरुद्ध विना उजुरी निर्वाचन अधिकृतले गुरुङको उम्मेदवार खारेज गरिदिएका थिए ।

एमाले उपाध्यक्ष बिष्णु पौडेलविरुद्ध उम्मेदवार बनेका गुरुङसहित अन्य दुईजना स्वतन्त्र उम्मेदवारको पनि मनोनयन खारेजी भएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ३ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको