७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजु गुरुङको रिट दर्ता, शुक्रबार पेसी



काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार आफ्नो उम्मेदवारी खारेका विरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अनाधिकृतरुपमा आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै सवोच्च पुगेका गुरुङको रिट निवेदन आज साँझ सर्वोच्चमा दर्ता भएको हो ।

कसैको दाबी विरोध र उजुरी नपरेकै अवस्थामा निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको उम्मेदवारी खारेज गरिदिएको भन्दै गुरुङ निवर्तमान कानुन मन्त्री गोविन्द कोईराला बन्दी र बरिष्ठ अधिवक्ताहरु शम्भु थापा र रमण श्रेष्ठलाई लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । गुरुङको कम्पनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएका थिए ।

गुरुङले आफु विरुद्ध कुनै उजुरी नपरेको र कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू सेयर सदस्य रहेको कम्पनी मात्रै परेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गरेका छन्

 

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई