२३ बैशाख २०८३, बुधबार | May 7, 2026

पालिकामा पाएको धोकाले ढुक्क छैन गठबन्धन



सुर्खेत । सत्ता गठबन्धन भित्रका दलले कर्णाली प्रदेशका १० जिल्लामा केन्द्रीय सहमति अनुसार भागबण्डा मिलाए पनि स्थानीय तहको चुनावमा भएको धोकाले ढुंक नभएको पाइएको छ । पालिकामा पाएको धोकाले ढुंक छैन गठबन्धन

एकले अर्कालाई दोषी देखाउँदै पन्छिएका सत्ता गठबन्धन भित्रका दल धोका हुने डरले सशंकित भएका छन् ।

सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष नेकपा एमालेका गरी १० जिल्लामा ७४ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । कतै नेकपा (माओवादी केन्द्र) त कतै नेपाली कांग्रेसले एकले अर्कालाई स्वीकार नगर्ने प्रवृत्तिका कारण कर्णालीमा धेरै सिट गुमाउनु परेको सत्ता गठबन्धनभित्र हुने विभिन्न छलफलमा समेत चर्चाको विषय हुने गरेको छ ।

स्थानीय चुनावमा डोल्पाको मुड्केचुला , जगदुल्ला र ठुलिभेरी नगरपालिकामा माओवादी एक्लै चुनाव लडेको थियो भने सत्तादेखि बाहिर रहेको एमालेसँग समाजवादी र कांग्रेसको गठबन्धन भएर माओवादी विरोधी मोर्चा निर्माण गरी चुनावमा सहभागी भएका थिए ।

त्यस्तै रुकुम पश्चिममा समेत माओवादी एक्लै अन्य सबै दलहरू गठबन्धन गरी चुनाव लडेका थिए । जाजरकोटका ७ वटा स्थानीय तहमा गठबन्धन गरिएको भए पनि परिणाम ठिक उल्टो आएको थियो ।

जसका कारण अहिले पनि एकले अर्कालाई चुनाव हराएको भन्दै आरोप, प्रतिआरोप लगाउने क्रम जारी रहेको छ । जुम्लामा अधिकांश स्थानीय तहमा गठबन्धन दलहरू बीचमा तालमेल नै भएन । सल्यानको अवस्था पनि अन्य जिल्ला भन्दा फरक रहेन ।

स्थानीय तहको चुनावको नतिजालाई केलाउँदै अहिले कर्णालीमा सत्तारुढ दलहरू सही नतिजा कसरी निकाल्ने भन्दै स्थानीय चुनावमा धोका दिने व्यक्ति विरुद्ध मसिनो गरी अध्ययन जारी रहेको नेपाली कांग्रेसबाट गठबन्धनको तर्फबाट बारेकोट गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेर पराजित भएका महेन्द्रबहादुर शाहले बताए ।

डोल्पामा समेत पटक, पटक एकै व्यक्ति प्रतिनिधिसभाको उम्मेदवार बन्ने तर जिल्लाका लागि केही पनि नगर्ने भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ । त्यहाँ गठबन्धनको तर्फबाट एसको भागमा प्रतिनिधिसभाको एक सिट परेको छ ।

हुम्लामा चुनावको मुखमै आएर छक्कबहादुर लामाले नेकपा एमालेमा प्रवेश गरेका छन् । डोल्पामा पूर्वमन्त्री तथा एसका नेता नन्दबहादुर बुढा नेकपा एमालेमा प्रवेश गरे । जाजरकोट क्षेत्र नम्बर १ मा माओवादीले दाबी गरे पनि नपाएपछि त्यहाँबाट सिफारिस गरिएका उम्मेदवार रामदिप आचार्य समानुपातिक (खस आर्य) मा आफ्नो नाम अटाएका छन् ।

नेकपा (माओवादी केन्द्र) कै कर्णाली प्रदेश उपाध्यक्ष ढकबीर रानाको नाम समानुपातिकबाट हटाइएपछि उनी रुष्ट हुँदै आएका छन् । रुकुम पश्चिममा माओवादी केन्द्रीय सदस्य लक्ष्मी पुनले सामाजिक सञ्जालमा असन्तुष्ट रहेको स्ट्याटस लेखेकी छिन् । दैलेख क्षेत्र नम्बर २ को (ख) का लागि माओवादीले सुशील रावतलाई टिकट दिए पनि अन्तिममा एमालेबाट विद्रोह गरेर आएका योगेन्द्रबहादुर शाहीलाई टिकट दिइएपछि रावत रुष्ट भएका थिए ।

कर्णालीको सबै भन्दा बढी उम्मेदवार भएको जिल्ला सुर्खेत र दैलेख हो । त्यहाँ प्रतिनिधिसभा संख्य दुई, दुई रहेको छ । हिमाली जिल्लाहरूको मतदाता संख्या कम रहेको छ । हुम्ला , जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, कालिकोट, जुम्लामा ठुला नेताको कब्जामा रहेको छ । ठुला नेता भएको ठाउँमै बढी रुष्ट रहेको भाव सामाजिक सञ्जालमा छरपस्ट भएको छ ।

उता नेकपा एमालेले गठबन्धन भन्दा अगाडी उम्मेदवार टुंगो लगाएका कारण पहिलो चरणको प्रचार सकेर दोस्रो चरणको प्रचारमा लागेको पाइएको छ । सत्तारुढ दल भित्र जहाँ बडी रुष्टता छ, त्यहाँ नै मुख्य निसानामा एमालेको रहेको छ । तेस्रो पोजिशनमा रहेको नेकपा एमाले कर्णालीमा अब पहिलो बन्ने दाबीका साथ लागेको बताएको छ ।

कुन क्षेत्रमा कति उम्मेदवार

२/२ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सबैभन्दा बढी १७ जना उम्मेदवार बनेका छन् भने दैलेखमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । यस्तै, सल्यानमा ७, डोल्पामा ५, मुगुमा ५, जुम्लामा ५, कालिकोटमा ७, जाजरकोटमा ६, रुकुम पश्चिममा ६ प्रतिनिधि सभाको लागि मैदानमा छन् । हुम्लामा भने सबैभन्दा कम ३ जना मात्रै उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस जिल्लामा गठबन्धनबाट साझा उम्मेदवारको रूपमा माओवादी, एमाले र राप्रपाका उम्मेदवार रहेका छन् । यस्तै, १० जिल्लामा १३ जना स्वतन्त्र उम्मेदवारहरू रहेका छन् ।

प्रदेश सभाका २४ सिटमा ११६ जना

कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र कर्णाली प्रदेशमा रहेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दै छन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् ।

सुर्खेत र दैलेखमा ४/४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २/२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०/१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तै डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोटमा ७ जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेश सभा सदस्य पदका लागि १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगको अन्तिम नामावलीमा प्रकाशित तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ०९ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा