१ असार २०८३, सोमबार | June 15, 2026

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : बेनीमा तेक्वान्दो शुरु



म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।

सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका छ र गेरोगीका १६ गरी २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिए । स्वर्ण र कास्य २२/२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४६ देखि ७२ र पुरुषतर्फ ५४ देखि ८७ केजी तौल समूहका खेलाडी सहभागि छन् ।

शुक्रबार साँझ भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषतर्फ नेपाल पुलिस क्लवले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले बताए । महिलातर्फ ७.१९९ अंक सहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७.१४९ अंक जोडेकी थिइन् । तेस्रो स्थान प्राप्त गर्न सफल प्रदेश १ की शुशिला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाइन् ।

पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अंकसहित विजयी हुँदा लुम्बीनीका युवराज रानाले ७.१४९ अंक सहित उपबिजेता बने । त्यस्तै ६.८६६ अंक सहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंक सहित प्रदेश १ का विवेक राई तेस्रो भए । पुम्से र गिरोगीतर्फका बाँकी खेल आज सञ्चालन हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ०४ बजे

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले