२० बैशाख २०८१, बिहिबार | May 2, 2024

तोकिएभन्दा बढी शुल्क लिने होटललाई जरीवाना



दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरीवाना गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो ।

व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिएभन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुई/दुई लाखका दरले जरीवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

“ती दुई होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो, हाम्रो टोलीले पनि स्थलगत अनुगमन गर्दा त्यो प्रमाणित भयो”, गैह्रेले भने, “सोही आधारमा दुई होटललाई रु दुई लाखका दरले जरीवाना गर्ने निर्णय गरेका हौँ ।”

सहायक प्रजिअ गैह्रेका अनुसार दुवै होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम रु दुई लाखका दरले जरीवाना गरिएको छ । उक्त जरीवाना असोज २७ गतेदेखि सात दिनभित्र प्रशासन कार्यालयको नाममा नेपाल बैङ्क दमौली शाखाको राजश्व शीर्षक नम्बर १४३१२ मा जम्मा गर्न निर्देशन दिइएको छ । “उक्त अवधिभर जरीवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा (४) बमोजिम थप कारवाही हुनेछ”, गैह्रेले भने ।

प्रशासनको उक्त निर्णयमा चित्त नबुझेमा सात दिनभित्र उल्लेखित जरीवानाको पचास प्रतिशत रकम वाणिज्य विभाग काठमाडौंको धरौटी खातामा जम्मा गरेको सक्कलै भौचरको तेस्रो प्रतिसहित विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन गर्न सकिने जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले यो निर्णयले अन्य होटललाई पनि सच्चिने मौका मिल्ने बताए । “अन्य होटलमा पनि यस्तो कार्य भएको हुन सक्छ, प्रशासनले जरीवाना गरेको निर्णयले अरु होटल सञ्चालकलाई पनि झस्काउन सक्ने र सचेत हुने मौका मिल्छ”, उनले भने । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा सञ्चालित होटलहरूले ग्राहकसँग तोकिएभन्दा बढी मूल्य लिने गरेको गुनासो बेला–बेलामा आउने गरेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : १० बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा