२१ मंसिर २०८२, आइतबार | December 8, 2025

खेलाडीको मृत्यु भएपछि नवौँ राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ खेल स्थगित



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल स्थगित भएको छ ।

आइतबारको प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा खेलाडीको मृत्यु भएपछि खेल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघका अध्यक्ष शैलेन्द्र राउतका अनुसार खेलाडीको मृत्यु भएपछि राष्ट्रिय खेलकुद परिषद्को निर्देशानुसार खेल स्थगित गरिएको हो ।

आइतबार बिहान पोखराको सारङकोटमा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङमा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट जमिनमा खस्दा एक खेलाडीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा रहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : ५५ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब