२३ बैशाख २०८१, आइतबार | May 6, 2024

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित



उदयपुर । उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन । उद्योगमा कार्यरत मजदुरहरुको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ ।

उनीहरुले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरि बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराऊपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए ।

उदयपुर सिमेन्ट उद्योग राजनितिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योग राजनितिक खिचातानी तथा कच्चा पदार्थ अभावका कारण बन्द हुने छ ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखि बन्द रहेको छ । कोइला अभाब झेल्दै आएको उद्योग संचालन भएको हप्ता दिन नबित्दै पुनः बन्द हुन पुगेको हो ।

कोइला अभावमा असोज ९ गतेबाट संचालनमा आएको उद्योग पुनः असोज १४ गतेबाट कोइला अभाबमा बन्द हुन पुगेको हो । यो सँगै उद्योगमा दुई महिनाको अन्तरालमा कोइला अभावमा तीन पटक बन्द हुन पुगेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ४३ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa