४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

लुम्बिनीमा दानपेटिकाको भेटि गणना सकियो, २७ लाख १८ हजार संकलन



बुटवल । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालू आर्थिक वर्षको ३ महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटि संकलन भएको छ । लुम्बिनी विकास कोषले आईतबार र सोमबार गरि २ दिनसम्म आन्तरीक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटिको गणना गरेको थियो ।

पहिलो दिन १० लाख ८१ हजार र दोस्रो दिन सोमबार १६ लाख ३६ हजार गरि २७ लाख १८ हजार रुपैयाँ भेटि वापत दान संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा आईतबार दानपेटिका खोलिएको थियो ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको २४ जनाको टोलीले गणना गरेको थियो । तीन दिन लाग्ने अनुमान गरिएपनि २ दिनमै भेटिको गणना सकिएको कोषाध्यक्ष भट्टराईले बताए । सिसिटिभि क्यामेरा जडान गरि गणनालाई पारदर्शी बनाइएको कोषले जनाएको छ । यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : ४९ बजे

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी