११ श्रावण २०८३, सोमबार | July 27, 2026

मोफसलको भ्रमण पुरा गरेर काठमाडौं फर्कियो ‘महापुरुष’ टिम



काठमाडौं । भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ ले मोफसल भ्रमण पुरा गरेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट प्रारम्भ भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो ।

मोफसलमा रहेका दर्शकसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीहरूलाई फिल्मको बारेमा जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मी लगायतले टुर गरेका थिए ।

कोरोनाको महामारी पश्चात दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया अभिनेता आचार्यले दिए । ‘मोफसलका दर्शकबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिँदैन । बढी भन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो फिल्म पारिवारिक कथामा आधारित भएकाले स-परिवारलाई निम्तो गरेका छौँ’, अभिनेता आचार्यले भने ।

कार्यकारी निर्मातासँगै कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँले दर्शक फिल्मप्रति उत्साहित रहेको बताए । ‘हामीले निर्माण गरेको अघिल्लो फिल्मले दर्शकसँग सम्बन्ध जोड्न मदत गरेको छ । महापुरूषलाई लिएर दर्शक उत्साहित हुनुहुन्छ । टुरले उहाँहरुको मनसाय बुझ्ने मौका पनि दियो’, अभिनेता बानियाँले भने ।

दर्शकसम्म फिल्मको जानकारी पुर्याउन नै ‘मोफसल भ्रमण’ गरिएको उनले बताए । यसै फिल्ममार्फत डेब्यु गर्ने अरुण क्षेत्री र अन्जनाबराईली पनि उत्साहित छन् ।

‘पहिलो अनुभवमा धेरै यादहरू संगालेको छु । ब्राण्ड भ्यालूको कारण हलसम्म आउने दर्शकलाई रिझाउने प्रयाश मेरो छ । उहाँहरूलाई यादहुने अभिनय गर्ने प्रयास गरेको छु’, नव अभिनेता क्षत्रीले भने । उनले यसअघि नै ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरिसकेका छन् । यद्यपि, प्रदर्शनको हिसाबले उनको यो डेब्यु फिल्म हो ।

अरुण झैँ अन्जनापनि फिल्मलाई लिएर उत्साहित छिन् । मोफसलमा दर्शकसँग साक्षात्कार गरेर काठमाडौं फर्किएकी अन्जनाले अभिनेता मदनकृष्ण श्रेष्ठको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।

‘यो फिल्मले मेरो लागि स्कुलको काम गरेको छ । यसको सिकाईले आउँदो समयमा मलाई मदत गर्नेमा विश्वत छु,’ उनले भनिन् ।

फिल्ममा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर फिल्म तयार गरिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिककथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दायसपटक झनै माझिएका छौँ’, उनले भने ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी। गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दैछन् । फिल्मको पाश्र्व ध्वनीमा रोहित शाक्य÷शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य, रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : १६ बजे

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच