१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

महापुरुष : ९१ वर्षीया वृद्धादेखि एकै परिवारका २८ जनासम्मले हेरे फिल्म, सबैले गरे तारिफ



महापुरुषः ९१ वर्षीया वृद्धादेखि एकै परिवारका २८ जनासम्मले हेरे फिल्म, सबैले गरे तारि

काठमाडौं । एकल बाको कथामा आधारित ‘महापुरुष’ चलचित्रले दर्शकको राम्रो साथ पाइरहेको छ । फिल्म हेर्न हलसम्म परिवार नै लिएर आउने धेरै छन् । हेर्ने जति सबैले फिल्मको तारिफ गरेका छन् ।

माउथ पब्लिसिटीका कारण पनि परिवार नै लिएर हलमा जाने धेरै देखिएका छन् । यसले गर्दा फिल्मले बक्स अफिसमा समेत बलियो पकड जमाएको छ ।

फिल्मले नेपालसँगै अस्ट्रेलिया र अमेरिकाको विभिन्न सहरमा समेत राम्रो व्यापार गरिरहेको छ । प्रदर्शनको पहिलो साता सकिनै लाग्दा ‘महापुरुष’ टिमले पश्चिम नेपालका विभिन्न सहरहरूमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छ ।

फिल्म हेर्न परिवारमै आउनेको संख्या बढिरहेको निर्माता म्याक्स दीपेश खत्रीले जानकारी दिए । ‘हामीले हल भिजिटमा प्रायः फ्याम्ली अडियन्स पाएका छौँ । सुखद पक्ष उहाँहरूलाई फिल्म मन परेको छ’, उनले भने ।

एकै परिवारका २८ जनाले हेरे फिल्म

गत शनिवार फिल्म हेर्न एकै परिवारका २८ जना हल पुगेका थिएँ । भक्तपुरमा रहेको क्युएफएक्स सिनेमामा उनीहरूले एकसाथ फिल्म हेरेका हुन् । फिल्म हेरेपछि राम्रो लागेको प्रतिक्रिया निर्माण टिमलाई उनीहरूले दिएका थिए ।
यस्तै, विराटनगर महानगरपालिका–१ बाट ४० जनाले फिल्म हेरेका थिएँ । उनीहरू एकै टोलका बासिन्दा रहेको सामाजिक सञ्जालमार्फत नै प्रस्ट्याएका छन् । ‘हामीले उठान गरेको विषयलाई बुझेर हलबाहिरसम्म फिल्मसँगै ल्याउनु भएको छ । मेरो पहिलो सफलता यही हो । हामीले जे भन्न खोजेका थियौं, त्यो दर्शकसम्म पुर्‍यायौ’, निर्देशक प्रदीप भट्टराईले भने ।

९१ वर्षीया वृद्धाले हेरिन् फिल्म

बागलुङ स्थायी घर भएकी ९१ वर्षीया भीममाया ओझा लौरो टेक्दै काठमाडौंको बालाजुमा रहेको लोत्से मलस्थित आईएनआई हल पुगेर फिल्म हेरेकी हुन् । उनले फिल्म हेरिसकेपछि निर्माण टिमलाई मन परेको भन्दै आशीर्वादसमेत दिइन् । उनले शब्दमा व्यक्त गर्न नसकिएको कथा फिल्ममार्फत सबैले बुझ्ने गरी प्रस्तुत भएको प्रतिक्रिया दिएकी थिइन् । ओझा आफ्नो पनातिको भात खुवाइमा सहभागी हुन काठमाडौं आएको मौकामा परिवारसँगै फिल्म हेर्न पुगेकी थिइन् ।

दृष्टिविहीनले हेरे फिल्म

ललितपुरस्थित लविम मलमा दुईजना दृष्टिविहीनले फिल्म हेरेका छन् । उनीहरूले गत मंगलवार फिल्म हेरेका हुन् । फिल्म हेरिसकेपछि उनीहरूले निर्माण टिमसँग खुसी व्यक्त गरे । फिल्म हेर्ने रहरले आफूहरू दुई जना मात्र आएको बताएका थिएँ ।

साहित्यकारहरूलाई मन परेको फिल्म

महापुरुषलाई साहित्यकारले पनि उत्तिकै मन पराएका छन् । फिल्म हेरिसकेपछि उपन्यासकार अमर न्यौपानेले फिल्मभित्र विधुरको कथा र व्यथा रहेको उल्लेख गरेका छन् । ‘कथाव्यथालाई असाध्यै कलात्मक तरिकाले घटनाक्रम र संवाद मिलाएर प्रस्तुत गरिएको छ । पटकथा र संवादमा असाध्यै मिहिनेत गरिएको छ । कलाकारहरूको अभिनयले मन हल्लाउँछ । जस्तो अभिनयमा पनि अब्बल हरिवंश आचार्यको आँखामा पीडाको अभिनय सबैभन्दा शसक्त छ । उहाँको अभिनयको शक्ति आँखामा देखिन्छ’, साहित्यकार न्यौपानेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले निर्देशक भट्टराईलाई बलिउड निर्देशक राजकुमार हिरानीको शैली फिल्म तयार गर्न सक्ने निर्देशक भन्दै प्रशंसा गरेका छन् ।

फिल्म हेर्दा आफ्नो मनमा गुम्सिएको भावलाई व्यक्त गरेको पाउँदा भावनात्मक भएको लेखक अश्विनी कोइरालाले उल्लेख गरेका छन् । फिल्म हेरेपछि सामाजिक सञ्जालमार्फत उनले आफू एकल पुरुष रहेको र फिल्मले जीवन बाँच्ने हिम्मत दिएको लेखेका छन् । ‘आफ्ना दुःखलाई आफूले जानेको पेसामार्फत भुलाउन सकिन्छ कि भनेर रातोदिन त्यसैमा खटिरहने एकलकाँटे लेखक–सम्पादक हुँ । फिल्म हेरिरहँदा मेरा आँखा रसाइरहे । मैले आफैंलाई बढी हेरिरहेँ’, कोइरालाले उल्लेख गरेका छन् ।

कलाकार मनोज गजुरेलले पनि फिल्मको तारिफ गर्दै हेर्न सिफारिस गरेका छन् । ‘एकल बाबाका कथा, ब्यथा, त्याग र योगदानलाई सुन्दर ढंगले पस्कने टिमलाई बधाई । फिल्म हेरुन्जेल फिल्मको कथा बोलिरहेको थिएन, हाम्रै भोगाई व्यक्त भइरहेको थियो । मन र मस्तिष्कलाई एउटै डोरोमा बाँध्नु भएकोमा निर्देशक प्रदीपजीलाई बधाई’, कलाकार गजुरेलले लेखेका छन् ।

प्राप्त यस्ता प्रतिक्रियाले आफूहरूलाई थप दायित्वबोध भएको लेखकसमेत रहेका निर्देशक भट्टराईले बताए । ‘हामीप्रति बढिरहेको विश्वासले झनै दायित्व थपेको महसुस भएको छ । हाम्रै सब्जेक्टलाई कलात्मक र व्यावसायिक ढंगले भन्न सकिन्छ । त्यही प्रयास हो महापुरुष’, उनले भने । कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ आफ्नो टिमको पछिल्लो काममार्फत विश्वास गरेर हलसम्म आएका दर्शकहरूको खुसीले थप ऊर्जा प्रदान गरेको बताए । उनी आफ्नो टिमसहित दाङ र बुटवलसँगै मोफसल यात्रामा छन् । नेपालगन्जबाट सुरू भएको मोफसलमा दर्शक भेटघाट चितवनसम्म चल्नेछ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १२ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम