८ कार्तिक २०८३, आइतबार | October 25, 2026

नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना ‘महापुरुष’ समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति



काठमाडौं । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा चलचित्र ‘महापुरुष’लाई समावेश गरिएको भन्दै आपत्ति जनाएको छ ।

महापुरुष निर्माण गरेको षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।

‘चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्वसामु पुर्‍याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म महापुरुष हामीसँग अनुमति नलिकन उक्त कार्यक्रममा समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ षट्कोण आर्ट्सले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ ।

विश्व बजारमा नेपाली चलचित्रलाई पुर्‍याउने बोर्डको कार्य स्वागतयोग्य रहेको बताउँदै आर्ट्सले प्रश्न गरेको छ, ‘हाम्रो नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउने विकास बोर्डको चाहना स्वागत छ । तर, यी र यस्ता नेपालीहरु माझ हुने घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला ?’

नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा आर्थिक सहयोग गरे केही राहत हुने भन्दै आर्टस्ले नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश नगर्न आग्रह गरेको छ ।

‘३० लाख रुपैयाँले मध्यपूर्वमा  व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरुको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला । साथै विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनायो होला ? यी र यस्तै प्रश्न र सुझावसहित हाम्रो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउनु हुन अनुरोध गर्दछाैँ,’ आर्टस्ले भनेको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ३ : २४ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो : स्वास्थ्यमन्त्री मेहता

धनुषा । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा

बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही । यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको

एनपिएल : वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका

दसैँ पछिको पहिलो कारोबारमा सुनको मूल्य तोलामा साढे एघारहजार रुपैयाँ सस्तियो

काठमाडौं । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको