२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

सिडिओहरूलाई गृहसचिव सिंहको निर्देशन, आचारसंहिता कडाइका साथ पालना गराउनू



काठमाडौं । गृहसचिव विनोदबहादुर सिंहले ४ मंसिरमा तय भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता कडाइका साथ लागू गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता पालनामा कुनै कसुर बाँकी नराख्न भनेका हुन् । आचारसंहिता कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकार रहन्छ ।

सिंहले जिल्लाको शान्ति सुरक्षा कायम गर्न दत्तचित्त भएर लाग्न र त्यसमा समन्वय गर्न मन्त्रालय हरदम तयार रहेको बताए ।

निर्वाचन आयोगका पदाधिकारीसमेतको उपस्थितिमा भएको भर्चुअल बैठक गृह सचिव सिंह र आयोगबाट निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : २६ बजे

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज