२ श्रावण २०८३, शनिबार | July 19, 2026

बेलायतमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत



लन्डन । बेलायतको एक प्रतिष्ठित काउन्सिलमा नेपाली चेली काउन्सिलर पदमा मनोनीत भएकी छन् । लन्डनदेखि एक सय किलोमिटरको दूरीमा रहेको साउथ वेस्टन विनचेस्टर काउन्सिलमा ग्रीस्मा जोशी लोहनी काउन्सिलर पदमा मनोनीत भएकी हुन् ।

यसअघि अन्य काउन्सिलमा नेपालीहरू निर्वाचनमार्फत सो पदमा पुगे पनि काउन्सिलको रिक्त पदमा मनोनीत हुने उनी पहिलो नेपाली महिला हुन् ।काठमाडौं जन्मघर भएकी लोहनी हाइवे तथा रोड डिजाइन, ट्राफिक व्यवस्थापनमा दखल राख्ने इन्जिनियरसमेत हुन् । काउन्सिलभित्र प्राविधिकको रूपमा राम्रो नतिजा निकाल्न सकेको भन्दै साउथ वेस्टन विनचेस्टर लोहनीलाई सो जिम्मेवारी दिएको हो ।

१९ वर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी लोहनीले १४ वर्ष वेजिङस्टक काउन्सिलमा कामको अनुभव बटुलेकी थिइन् । लोहनीले काउन्सिलभित्र आफूले गरेको प्रभावकारी कार्यकुशलताको मूल्यांकन गर्दै सो पदमा मनोनीत भएको बताइन् । उनले आगामी स्थानीय निर्वाचनमा पुनः काउन्सिल पदमा चुनाव लड्ने तयारी गरेकी छन् ।

उनी विगत एक वर्षदेखि फिलाइन्स् सिभिल इन्जिनियरको रूपमा कार्यरत छिन् । उनले बेलायतको साउथ ह्याम्टन युनिर्भसिटीबाट इन्जिनियरिङ गरेकी हुन् । उनी इस्टिच्युट अफ सिभिल इन्जिनियर (आइसीइ) केन्द्रीय सदस्यसमेत छिन् ।

सामाजिक सेवामा समेत रुचि राख्ने लोहनीले नेपालमा विभिन्न सामाजिक क्षेत्रका कार्यमा आर्थिक सहयोगसमेत गरेकी छन् । नेपालमा २०७२ सालमा भूकम्प गएका बेला उनकै सक्रियतामा स्थानीय रूपमा करिब आठ लाख नेपाली रुपैयाँ संकलन गरेर भूकम्प पीडितलाई सहयोग गरिएको थियो । उनले हेल्प नेपाल नेटवर्कमार्फत सहयोग गर्दै आएकी छन् । उनका श्रीमान् सुमिन लोहनी हस्पिटालिटी व्यवसायमा आबद्ध छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ३६ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल