४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

सत्तारुढ गठबन्धनको चुनावी अभियान तीव्र



काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले काठमाडौं उपत्यकामा चुनावी अभियान तीव्र पारेका छन् । सोमबार काठमाडौं २ मा संयुक्त चुनावी अभियान र उम्मेदवार परिचयात्मक अभियान गरेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले सम्बोधन गरेका थिए । काठमाडौं २ मा गठबन्धनको साझा उम्मेदवार माओवादीकी ओनसरी घर्ती छिन् ।

ललितपुरस्तरीय लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई मंगलबार तीनवटै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री देउवाले आमजनतालाई माओवादी र एकीकृत समाजवादी भनेर विभेद नगर्न आह्वान गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । ‘हँसिया हथौडामै मत हाल्दैछु। संविधान र लोकतन्त्र जोगाउन हँसिया हतौडा र कलमका साथीहरुले रूखमा र रुखका साथीहरुले हँसिया हथौडा र कलममा मत हाल्नुस्,’ उनले भने ।

देउवाले मध्यराति राष्ट्रपतिलाई उठाएर संसद् भंग गरिएको बताए । उनले अहिले पनि देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयास भइरहेको भन्दै चुनावपछि पनि गठबन्धन कायमै हुने स्पष्ट पारे ।

माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन भाँड्न केही तत्व लागिपरेको भन्दै गठबन्धन अझ मजबुत हुने उल्लेख गरे । उनले गठबन्धनका साझा उम्मेदवारप्रति विश्वास र भरोसा गर्न आग्रह गरे ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् । उनले एमालेले गरेको गठबन्धन अप्राकृतिक र अपवित्र भएको दाबीसमेत गरे ।

भेलामा ललितपुर १, २ र ३ का गठबन्धनका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारको परिचय गराइएको थियो । ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा, २ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादीकी पम्फा भुसाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : ५५ बजे

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी