१९ माघ २०८२, सोमबार | February 3, 2026

यातायात प्राधिकरण बनाउन प्रधानमन्त्रीसँग व्यवसायीको माग



काठमाडौं । यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा यातायात व्यवसायीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका हुन् ।

नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्बभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले बताए ।

‘न्यून तथा मध्यम वर्गीय व्यवसायीको पूँजीलाई व्यवस्थित गर्दै यातायात क्षेत्रमा रोजगारी बढाउनका लागि अधिकार सम्पन्न प्राधिकरण निर्माणको माग गरेका हौँ’, उनले भने ।

यस्तै व्यवसायीले सवारीसाधनका लागि यसअघि लगाउँदै आएको २० वर्षे अवधि हटाएर सवारीको इञ्जिनको क्षमताका आधारमा सञ्चालन गर्न दिनसमेत माग गरेका छन् ।

हाल देशभर चार लाखभन्दा बढी सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएको र उक्त सवारीसाधनमा प्रत्यक्ष ११ लाख र अप्रत्यक्ष रुपमा करिब ४० लाख जनतालाई रोजगारी सिर्जना गरेको महासङ्घले जनाएको छ ।

व्यवसायीले मंगलबार नै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत उक्त माग राखेर ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ०२ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली