४ आश्विन २०८३, आइतबार | September 20, 2026

उम्मेदवार राईको घरदैलो कार्यक्रम सुरु



नेपालगन्ज। जनता समाजवादी पार्टी बाँकेले क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ। प्रचार प्रसारका लागि आन्तरिक समिति निर्माण तथा सम्पर्क कार्यालय खोल्ने अभियान सकेको जसपाले बुधबार बिहानदेखि नेपालगन्जका भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु गरेको हो।

जसपाका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राई आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो हिँडेका थिए । त्यसक्रममा उम्मेदवार राईले घरघरमा मतदाताहरूलाई भेटेर आफूले गरेको कामको मूल्याङ्कनका आधारमा भोट दिन आग्रह गरेका थिए।

घरदैलो कार्यक्रममा प्रदेशसभा ‘ख’का उम्मेदवार आदेशकुमार अग्रवाल, समानुपातिकतर्फका उम्मेदवारलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १ : २५ बजे

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान