८ बैशाख २०८३, मंगलबार | April 21, 2026

भारतले आफ्ना नागरिकलाई भन्यो- युक्रेनको यात्रा नगर्नू



नयाँ दिल्ली । भारतले बुधवार एक एडभाइजरी जारी गर्दै आफ्ना सबै नागरिकहरूलाई युक्रेन यात्रा नगर्न अनुरोध गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै भारतले यस्तो एडभाइजरी जारी गरेको हो ।

युक्रेनमा रहेको भारतीय दूतावासले आफ्नो ट्वीटर ह्यान्डलमा भन्यो, “बिग्रिएको सुरक्षा अवस्था र युक्रेनमा हालै बढेको शत्रुतालाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई युक्रेन यात्रा नगर्न सल्लाह दिइन्छ । “

आफ्ना नागरिकलाई सचेत गर्दै ट्वीटरमा अगाडि भनिएको छ, ‘हाल युक्रेनमा रहेका विद्यार्थीहरू सहित भारतीय नागरिकहरूलाई उपलब्ध माध्यमबाट चाँडो भन्दा चाँडो युक्रेन छोड्न सल्लाह दिइन्छ ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चार युक्रेनी क्षेत्रहरूमा मार्शल ल लागू गरेपछि यो सल्लाह आएको हो ।

युद्ध चर्किने सम्भावना बढिरहेका बेला खेर्सनबाट मानिसहरू सुरक्षित क्षेत्रतर्फ बढेका प्राप्त विवरणहरुमा जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ७ : ३५ बजे

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने