४ पुस २०८२, शुक्रबार | December 20, 2025

अमिताभलाई उचाइको कथा सुनाउन औषधिको सहारा



मुम्बई । ‘मैने प्यार किया’, ‘हम आपके है कौन’, ‘हम साथ(साथ है’ र ‘प्रेम रतन धन पायो’ जस्ता फिल्म निर्माण गरेका सूरज बडजात्या मल्टीस्टारर फिल्म ‘उचाइ’ बाट निर्देशन क्षेत्रमा कमव्याक गर्दैछन् । यो फिल्म आगामी महिना नोभेम्बर ११ मा रिलिज हुँदैछ ।

निर्देशक सुरजका अनुसार फिल्ममा अमिताभलाई कास्ट गर्न निकै तनाव भएको थियो । अमिताभलाई स्क्रिप्ट बताइरहँदा उनी यति नर्भस भएकी उनले औषधि नै खानु परेको थियो ।

‘जब तपाईं अमिताभ बच्चनलाई कुनै फिल्मको स्क्रिप्ट सुनाउँदै हुनुहुन्छ भने उहाँ कुनै उत्सुकता बिना नै स्क्रिप्ट सुन्नुहुन्छ । उहाँको अगाडि बस्नु त्यति सजिलो छैन । मैले उहाँलाई सन्देश पठाएर जूम मिटिङमा समय मागेको थिएँ, उनले भनेका छन्, ‘जब म उचाइको स्क्रिप्ट सुनाउँन बसें, मैले त्यो बेला औषधि सेवन गरेको थिएँ । किनकी अमिताभको अगाडि बस्नु सजिलो छैन । मलाई सम्झना छ कि जब मैले उहाँलाई ‘मे प्रेम की दिवानी हुँ’ को स्क्रिप्ट सुनाएको थिएँ, उहाँले मसँग यस्तै गर्नुभयो ।’

फिल्ममा अमिताभ बच्चन, परिणीति चोपडा, अनुपम खेर, बोमन ईरानी, नीना गुप्ता, सारिका र डेनी डेन्जोङपाको अभिनय छ । नेपाल र कश्मीरमा छायांकन गरिएको फिल्ममा परिणीतिले टुरिस्ट गाइडको भूमिका निर्वाह गरेकी छन् ।

एजेन्सी

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको