२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

सरकारलाई इराकका नेपालीको आग्रह- प्रतिबन्ध हटाइयोस्



काठमाडौं । इराकको कुर्दिस्तानमा कार्यरत नेपालीहरूले त्यहाँ आफूहरू सुरक्षित भएको बताउँदै प्रतिबन्ध हटाउन सरकारसमक्ष आग्रह गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालसँग भेट गर्दै कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष विनोद श्रेष्ठ र उपाध्यक्ष ठूल कान्छा शेर्पाले कुर्दिस्तानमा कार्यरत नेपाली सुरक्षित रहेको बताएका हुन्। कुर्दिस्तान राज्य सतप्रतिशत सुरक्षित रहेको बताउँदै उनीहरूले प्रतिबन्ध हटाउन आग्रह गरे।

कुर्दिस्तान इराकको प्रान्तीय सरकार हो। कुर्दिस्तानमा मात्र झन्डै २० नेपाली कार्यरत रहेको अनुमान छ। युद्धग्रस्त इराकमा रोजगारीको लागि जान नेपाल सरकारले अनुमति दिएको छैन। तर, आकर्षक तलबका कारण बेरोजगार नेपालीको गन्तब्य इराक बनेको छ।

कुर्दिस्तानका विभिन्न सहरमा हजारौँ नेपाली अवैध ढंगले रोजगारीका लागि पुगेका छन्। उनीहरू अवैध बाटो तथा सेटिङमार्फत त्यहाँ पुगेका हुन्।

नेपालीहरू भारत, दुबई, यूएई, टर्की, थाइल्यान्ड हुँदै इराक पुग्ने गरेका छन्। इराकमा कति नेपाली छन् भन्ने तथ्यांक सरकारसँग छैन। इराकमा नेपाली दूतावास छैन। जसले गर्दा यहाँ समस्यामा परेका नेपालीले गुनासो सुनाउनसमेत पाउँदैनन्। इराकको सबै काम कुवेतमा रहेको नेपाली दूतावासले हेर्दै आइरहेको छ।

नेपाल र प्रतिबन्धित देश इराकबीच सिधा हवाई उडान हुने कुरै भएन। तर, नेपालीहरू दुबई तथा दोहालाई ट्रान्जिट बनाएर आवत–जावत गर्छन्। बिदामा आएका नेपाली पनि दलाललाई महँगो रकम तिरेर दुबई हुँदै कुर्दिस्तान फर्किने गरेका छन्। फर्किदा उनीहरूले यूएईको भिजिट भिसा लिनुपर्ने हुन्छ।

इराक पुगेका ७० प्रतिशतभन्दा बढी नेपाली कुर्दिस्तानका विभिन्न सहरमा कार्यरत रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। नेपालीहरू विमानस्थल, कूटनीतिक नियोग, होटेल, रेस्टुरेन्ट, हस्पिटल, व्युटीपार्लर, उद्योगलगायतका क्षेत्रमा कार्यरत रहेको श्रेष्ठले श्रम सचिव अर्याललाई जानकारी गराए।

यसबाहेक घरहरुमा ‘हाउस मेड’ का रूपमा कार्यरत महिलाहरू पनि थुप्रै छन्। श्रेष्ठका अनुसार पछिल्लो समय कुर्दिस्तानमा नेपालीले विभिन्न क्षेत्रमा लगानी पनि गरेका छन् । नेपालीहरूको लगानीमा एक दर्जनभन्दा बढी रेष्टुरेन्ट खुलेका छन्। वार, ट्राभल, व्युटीपार्लरमा पनि नेपालीको लगानी छ,’ अध्यक्ष श्रेष्ठले श्रम सचिव अर्यालसँगको भेटमा भने, ‘यसले पनि कुर्दिस्तान सुरक्षित भन्ने प्रमाणित गर्छ। सुरक्षा भएर नै नेपालीहरूले व्यवसायमा समेत हात हालेका हुन्।’

नयाँ रोजगारीको लागि श्रम स्वीकृति जारी नगरे पनि वर्षौंदेखि त्यहाँ रोजगारी गर्दै आएकालाई पुनस् श्रम स्वीकृति दिनुपर्ने माग उनीहरूको छ।

सरकारले प्रतिबन्ध लगाउँदा धेरैजसो नेपाली घरमा समेत नआएर वर्षौंसम्म उतै बस्ने गरेको उपाध्यक्ष शेर्पाले बताए। ‘नेपाल आयो भने फर्किन पाइन्न। त्यसैले १७/१८ वर्षसम्म उतै बस्ने गरेका छन्,’ श्रम सचिव अर्याललाई उनले सुनाए, ‘लामो समय विदेश बस्दा कतिपयको त परिवार समेत बिग्रेको छ। सम्बन्ध विच्छेदका घटना बढेका छन्।’ सन् २००४ मा १२ नेपाली मारिएपछि नेपाल सरकारले इराकलाई कालोसूचीमा राखेको थियो ।

‘सम्पूर्ण इराकको सुरक्षा स्थिति एकै किसिमको छैन। कुर्दिस्तान एकदमै सुरक्षित छ। यहाँको रोजगारीमा सरकारले पुनस् विचार गनुपर्छ,’ श्रेष्ठले श्रम सचिव अर्यालसँग भने, ‘यसका लागि सर्वप्रथम नेपाल सरकारले कुटनैतिक सम्बन्ध कायम गर्नुपर्छ।’

कुर्दिस्तानबाट मात्र नेपालीले वार्षिक एक करोडभन्दा बढी रेमिट्यान्स् नेपाल पठाउने श्रेष्ठको भनाइ छ। ‘म आफै सिटी एक्सप्रेस मनि ट्रान्सफरको कन्ट्री हेड हुँ। वार्षिक एक करोडभन्दा बढी पैसा त्यहाँबाट नेपाल आउँछ। सरकारले यसतर्फ ध्यान दिन जरुरी छ,’ श्रेष्ठले भने।

सरकारका प्रतिनिधि एकपटक कुर्दिस्तानमै आएर अध्ययन समेत गर्न श्रेष्ठले अनुरोध गरे। ‘तपाईहरू आफै आएर अध्ययन गर्नुहोस्। तपाईहरू कुर्दिस्तान आउने सबै व्यवस्था हामी मिलाउँछौं,’ श्रेष्ठले भने। श्रम सचिव अर्यालले यो विषयलाई आफूले सम्बन्धित निकायहरूमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : ११ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको