७ पुस २०८२, सोमबार | December 22, 2025

मन्त्री गहतराजले भेटे प्याराग्लाइडिङका खेलाडी स्वर्गीय थापाको परिवारलाई

पोखरा रंगशालामा थापाको अर्धकदको शालिक स्थापना गर्ने प्रतिवद्धता ब्यक्त



असोज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहीबार पोखरा महानगरपालिका १० माटेपानीस्थीत थापाको घरमा पुगेका हुन् ।

दुर्घटना लगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपुर्ण श्रद्धाञ्जली दिदै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । “खेलाडी निसिम थापाको निधनबाट राष्ट्रलाई ठुलो क्षति व्यहोरेको छ, शोकको यो घडीलाई शक्तिमा बदल्न म नेपाल सरकारको तर्फबाट अनुरोध गर्दछु” मन्त्री गहतराजले भने । सो क्रममा मन्त्री गहतराजले सम्मान स्वरुप स्वर्गीय थापालाई चेक सहित मरनोपरान्त स्वर्ण पदक प्रदान गरेकाछन् ।

पोखरा रंगशाला परिसरमा थापाको अर्धकदको शालिक स्थापना गरिने प्रतिवद्दता जनउँदै मन्त्री अथकले सरकार र खेलकुद मन्त्रालयले स्वर्गीय खेलाडी थापाको विषयमा आवश्यक निर्णय गर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषदले नवौं खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुको बिमा गरेकाले थियो । जसअन्तर्गत थापाको परिवारलाई बिमा कम्पनीबाट रकम उपलब्ध गराउनकालागि खेलकुद परिषदले पहल गर्ने राखेपका सदस्य दिपेन्द्र बिस्टले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत आइतबार बिहान पोखराको सराङकोटमा ’क्रस कन्ट्री’ खेलमा दुर्घटना हुँदा थापाको निधन भएको थियो । विभागीय टोली त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी थापा करिव १ सय मिटर उचाईबाट खसेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : २९ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८