२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

अपूर्व क्षितिजलाई पाँच वर्ष कैद माग गरिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा प्रहरी



काठमाडौं । नेपाल प्रहरीले कमेडियन अपूर्वक्षितिज सिंह्विरुद्ध पाँच वर्ष जेल सजायको मागसहित चारवटा मुद्दा दर्ता गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।

नेवार समुदायमाथि व्यंग्य गरेको भिडियो युट्युबमा राखेपछि एक सय चारजना अभियन्ताले सिंहविरुद्ध प्रहरीमा मानहानीको उजुरी दिएका थिए ।

प्रहरीमा उजुरी परेलगत्तै सार्वजनिक माफी माग्दै सिंहले युट्युबबाट भिडियोसमेत हटाइसकेका छन् । दसैंअघि नै उनी प्रहरीको हिरासतमा थिए । तर कोभिड लागेपछि प्रहरीले उनलाई छाडेको थियो ।

मुद्दा अनुसन्धान नसकिएको भन्दै प्रहरीले पत्र पठाएपछि अपूर्व मंगलबार प्रहरीकहाँ गएका थिए । त्यहीँ उनलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको थियो । बुधबार प्रहरीले अपूर्वविरुद्ध चारवटा मुद्दा लगाउँदै पाँच वर्ष जेल सजायको माग गरेपछि अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा नेपाल प्रहरी परेको छ । फेसबुक, ट्विटरलगायतका विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीले अपूर्वमाथि अनाहकमा अत्याचार गरेको भन्दै आलोचना भइरहेको छ ।

‘अपूर्व सिंहले नेवार समुदायमाथि गरेको व्यंग्यमा माफी मागिसकेपछि पनि किन गलत ढंगले ज्यादती हुँदैछ रु व्यंग्य पनि गर्न नपाउने कस्तो कमजोर धरातलको समाज बन्दैछ रु’ बाह्रखरी न्युजपोर्टलका प्रधानसम्पादक प्रतीक प्रधानले लेखेका छन् ।

‘जातीय भावना–सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना। माफी मागिसके। युट्युबबाट कमेडी हटाइसके। तैपनि उनीमाथि यो ज्यादती १अति नगरौँ। समाज यसरी बिग्रियो भने त्यसको रापमा हामी–हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै,’ राप्रपा नेता रवीन्द्र मिश्रले लेखेका छन् ।

पत्रकार तारानाथ दाहालले लेखेका छन्, ‘फौजदारी अपराध संहिता विधेयक जतिबेला विचाराधीन थियो र जतिबेला यो लागू गरियो त्यतिबेला हामी मात्रै थियौँ विरोध गर्ने। आज अपूर्व सिंहलाई व्यंग्य बोलेको अभियोगमा ४(४ वटा मुद्दा लाग्यो। तर अहिले पनि चुनावमा विगतमा नागरिक अधिकार र लोकतन्त्रविरुद्ध बनेका यस्ता अनेक कानुनबारे बहस छैन। प्रचण्ड, ओली, देउवा सबैको कालमा काला कानुन बनेका छन्। चुनाव केका लागि रु यस्तै काला कानुनको शासनलाई झन् बलियो बनाउन हो रु कसले जवाफ देला रु’

पाँच वर्षसम्म कैद मागदाबी गरिएको मुद्दामा प्रतिवादी बनाइएका कमेडियन सिंहलाई बिहीबार अदालत लगिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार उनलाई जिल्ला अदालत काठमाडौं लगेको हो। अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा उनको बयान लिने तयारी गरिएको छ। बयान सकेपछि बिहीबार नै थुनछेक बहससमेत हुने बताइएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : ३७ बजे

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल