१ असार २०८३, सोमबार | June 15, 2026

दाङमा हायस दुर्घटना, चालकसहित चार जना घाइते



दाङ । दाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते मध्ये चालकको अवस्था गम्भीर छ । नेपालगन्जका चालक २७ वर्षीय राजन बिक, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ सितलपुरका २६ वर्षीय नारायण कुँवर, तुलसीपुर-१६ की ५५ वर्षीया सरिता बस्नेत, दंगीशरण गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय टोपेन्द्रबहादुर विष्ट घाइते भएका छन् ।

सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा भइरहेको छ । गम्भीर घाइते चालक विकलाई भने थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दाङको तुलसीपुरबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको रा१ज ७९२ नम्बरको हायस दिउँसो साढे ३ बजेतिर अनियन्त्रित भई तुलसीपुर-१३ भञ्ज्याङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ८ : ३४ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट

कर्मचारीको तलब र प्रोत्साहन भत्ता १० प्रतिशत वृद्धि गर्दै मधेसको ४१ अर्बको बजेट

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

गर्मीबढेसँगै सर्पदंशका बिरामी बढे

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा

राष्ट्रियसभा : चिया निर्यातसम्बन्धी समस्या कूटनीतिक पहलबाट समाधान गर्नुपर्ने सुझाव

काठमाडौं । राष्ट्रियसभामा सांसदहरूले पूर्वी नेपालमा उत्पादन भइरहेको चिया भारततर्फ