१३ असार २०८३, शनिबार | June 27, 2026

ब्याज बढाएका बाणिज्य बैंकहरुलाई गृहमन्त्री खाँणले गरे ब्याज नबढाउन आग्रह



बुटवल । बाणिज्य बैंकहरुले धमाधम ब्याज बढाउने र राष्ट्र बेंकले बाणिज्य बैंकहरुले बढाएको ब्याजदरको संरक्षण गर्ने कार्यका अगाडि निरिह जस्तै बनेको संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले ब्याज बढाएका बाणिज्य बैंकहरुलाई ब्याजदर बढाउने कार्य रोक्न आग्रह गरेका छन् । राष्ट्र बैंककै संरक्षणमा देशैभरका बैंकहरुले १८ प्रतिशत सम्म ऋणको ब्याज बढाएको पर्सिपल्ट गृहमन्त्री खाँणले बेंकहरुलाई ब्याजदर नबढाउन आग्रह गरेका हुन् ।

चुनावी सभालाई समबाधेन गर्ने क्रममा खाँणले उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताए । उनले बैंकहरुले ब्याज बृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्रीले ऐन संशोधनको कुरा गरेपनि चुनाव अगाडि संशोधन गर्ने आधार भने देखाउन सकेनन् । ‘ब्याज बृद्धिले समग्र मुलुकको आर्थिक क्षेत्रमा असर गरिरहेको छ, यसतर्फ बैंक संचालकको ध्यान जान जरुरी छ’, उनले भने ।

निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान नसक्ने उल्लेख गर्दै उनले ब्याज बृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुने चेतावनी दिए । ‘हामी उद्योगी–व्यवसायी र सबै नेपालीहरुको आर्थिक अवस्था बेहाल भएको देख्न चाहँदैनौं’, उनले भने, ‘अहिलेको अवस्थामा हामी कसैसँग सम्झौता गर्दैनौं । यो अवस्थालाई सुधार गरेरै छाड्छौं ।’

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १० : १२ बजे

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष