७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर संसदमा जान छाड्नु पर्छ : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरूले संसदमा जाने इच्छालाई बिट मार्नु पर्ने बताएका छन् । शुक्रबार छोरी मानुषी यमीलाई भोट माग्न पुगेका भट्टराईले सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी गराएर नै आफू संसद्भन्दा बाहिर बसेको पनि बताए ।

भट्टराईले बहुदलीय ब्यवस्थाको उदयपछि नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई दिइएको ‘अफर’ अस्वीकार गरेको जनाउँदै त्यागले मात्रै नेताहरू महान हुने बताए । शान्ति प्रक्रियामा आएपछि पहिलोपटक संघीय संसदमा निर्वाचन नलडेका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले काठमाडौं-७ बाट निर्वाचन लडिरहेकी छोरीलाई भोट माग्दै पूर्वप्रधानमन्त्रीहरूले पनि संसदमा जान छाडेर युवा पुस्तालाई नेतृत्व हस्तान्तण गर्नु पर्ने धारणा राखे ।

‘पदमा बसेर मात्रै मान्छे महान हुँदैन भन्ने गणेशमानजीको त्यागले देखाइसकेको छ, अब हाम्रो पुस्ता लोभलालचले बस्नु हुँदैन,’ भट्टराईले भने, ‘हामी चार-पाँचजना पूर्वप्रधानमन्त्री भइसकेको मान्छे संसदमा लर्को लागेर जान हुन्न, स्थिर सरकार दिएर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’

भट्टराईले सत्ता गठबन्धनका प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिएर आफूले संसदीय निर्वाचन नलड्ने निर्णय लिएकोसमेत बताए । ‘मैले शेरबहादुरजी, प्रचण्डजी, माधवकुमार नेपालजीसँग छलफल गरेर नै यो यो (संसद्भन्दा बाहिर बस्ने) निर्णय गरेको हुँ,’ भट्टराईले भने । सत्तागठबन्धन आवद्ध दलले काठमाडौं(७ मा आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डको पनि उपस्थिति थियो ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १२ : २९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज