४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्र बैंकको प्रतिवेदनले भन्छ – रेमिट्यान्स बाहेक अर्थतन्त्रका अन्य सूचक निराशाजनक (पूर्णपाठ)



काठमाडौं । देशको अर्थतन्त्र अझै पनि निराशाजनक रहेको रिपोर्ट सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनक गरेका आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार अझै पनि देशको अर्थतन्त्र संकटमै रहेको देखिएको हो । अर्थतन्त्रका अधिकांश सूचक दबाबमा रहेको प्रतिवेदनले देखाएको छ ।

विदेशी मुद्रा सञ्चिती गर्न केही महँगा वस्तुको आयात प्रतिबन्ध लम्बिरहेपनि सञ्चिति भने घट्ने क्रम रोकिएको छैन । दुई महिनामा २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ । सरकारले पाँच महिनादेखि ३ सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध लगाइरहेको छ ।

महंगी बढेको छ भने चालू खाता र शोधानान्तर स्थिति घाटामा रहेको तथ्यांकले देखाएको छ । अर्थतन्त्र जोगाउने महत्वपूर्ण आधारको रुपमा रहेको रेमिट्यान्समा भने सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको