१२ असार २०८३, शुक्रबार | June 26, 2026

राजु गुरुङको रिट खारेज, रुपन्देही २ प्रतिनिधिसभामा गठबन्धन उम्मेदवार बिहिन



काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सर्वोच्च अदालतबाट सदर भएको छ । रिट निबेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले यसअघिको गरेको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरिदिएको छ ।

शुक्रवार दुवै पक्षको बहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानूनविपरीत देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने ठहर गरेको हो।

आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चको यो आदेशसँगै गुरुङको एमाले उपाध्यक्ष विष्णु पौडेल विरुद्ध चुनाव लड्ने घोषणा तुहिएको छ । निर्वाचन कार्यालयले यस अघि डा. निकोलस सहित २ जनाको उम्मेदवारी पनि खारेज गरिदिएको थियो । अव पौडेलका विरुद्ध साना दलहरु सहित केही स्वतन्त्र उम्मेदवारहरुमात्र बाँकी रहेका छन् । गठबन्धनदलले तीनै मध्य कुनै उम्मेदवारलाई समर्थन गरेर जाने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ५५ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको