२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

भक्तपुरमा सुरु भयो तिहार रमाइलो मेला



भक्तपुर । भक्तपुरको आदर्श चोकमा शुक्रबारदेखि तिहार विशेष रमाइलो मेला सुरु भएको छ । मेला कार्तिक ९ गते बुधबारसम्म चल्ने जनाइएको छ ।
आदर्शको सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालि आदर्श चोकको आयोजनामा मेला सुरु भएको हो । मेला तरकारी बजारभित्रै सुरु भएको हो । तरकारी बजारभित्र सस्तो बजारको शुभारम्भ एवं सूर्यविनायक हरित कृषि तिहार विशेष रमाइलो मेला २०७९ सुरु भएको हो ।

मेलाको व्यवस्थापन ममता केन्द्र नेपाल काठमाडौं गरेको छ । खुशी जनरल स्टोर सूर्यविनायक नगरपालिका ८ आदर्श चोकले मेलाको सहयोगी रहेको छ । मेलाको क्रममा दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुबाट गीत, संगीत, नृत्यमार्फत मनोरञ्जन गराउने कार्यक्रम रहेको जनाइएको छ ।

मेलाको क्रममा प्रत्येक दिन बिहान साढे ११ बजेदेखि राति साढे सात बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम हुने जनाइएको छ ।
मेलामा सहभागी हुन प्रतिव्यक्ति ५० रुपैयाँं टिकट दर रहेको छ । साथै विद्यार्थीका लागि प्रतिव्यक्ति ३० रुपैयाँं प्रवेश शुल्क राखिएको छ । मेलामा बृद्धबृद्धा, अपांग, पत्रकार आदिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ ।

यसअघि मेलाको उदघाटन पूर्व उद्योगमन्त्री महेश वस्नेतले गरेका थिए । कार्यक्रममा सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालिका अध्यक्ष राकेश प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेता किरण थापालगायतका सहभागी रहेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ०१ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु