८ बैशाख २०८३, मंगलबार | April 21, 2026

फाइनान्सियल एक्सन टास्क फोर्सले पाकिस्तानलाई ग्रे लिस्टबाट हटायो



काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्सले पाकिस्तानलाई आफ्नो ग्रे लिस्टबाट हटाउने घोषणा गरेको छ ।

शुक्रबार पेरिसमा एफएटीएफका अध्यक्ष टी राजा कुमारले यो घोषणा गरेका हुन्।

राजाले भनेका छन्, पाकिस्तान २०१८देखि ग्रे लिस्टमा थियो । पाकिस्तानी अधिकारीहरूले धेरै काम गरेपछि, तिनीहरूले एन्टी-मनी लान्ड्रिंग र प्रतिआतंकवाद वित्तत्तय प्रणालीमा रहेका कमजोरीहरूलाई सम्बोधन गर्न ३४ वटा संयुक्त कार्यसम्पदान पुरा गरेकाछन् ।

राजा कुमारले एफएटीएफले यस महत्वपूर्ण प्रगतिलाई स्वागत गरेको बताउँदै पाकिस्तानले अब थप प्रभावकारी रूपमा एन्टि-मनी लान्ड्रिंग र आतंकवादी वित्तीय नियन्त्रण गर्न सक्ने विश्वास व्यक्तगरेका छन् ।

एफएटीएफको ग्रे लिस्टबाट पाकिस्तानको नाम हटाएकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आभार व्यक्त गरेका छन्।

‘पाकिस्तान ग्रे लिस्टबाट बाहिरिनु भनेको वर्षौंदेखि हाम्रो दृढ र निरन्तर प्रयासको प्रमाण हो ।’ ट्वीट गर्दै उनले भनेका छन् ‘आजको दिनको सफलतामा अथक परिश्रम गर्ने नागरिक र सैनिक नेतृत्वका साथै सबै निकायलाई बधाई दिन चाहन्छु ।’

शहबाज शरीफले पाकिस्तानलाई ग्रे लिस्टबाट बाहिर निकाल्न संयुक्त कार्य गरेकोमा विदेशमन्त्री बिलावल भुट्टो, सेना प्रमुख जनरल कमर जावेद बाजवा, उनीहरूको टोली र सबै राजनीतिक दलहरूको भूमिका र प्रयासको पनि प्रशंसा गरेका छन्।

यस्तै सूचना र प्रसारण मन्त्री मरियम औरंगजेबले ग्रे लिस्टबाट पाकिस्तान बाहिरिएकोमा राष्ट्र र गठबन्धन पार्टीहरूलाई बधाई दिएकी छिन्।

उनले सरकार वा प्रतिपक्षमा भए पनि सहयोगी दलका लागि राष्ट्रिय अखण्डता र हित सर्वोच्च हुने बताइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ०६ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति