१२ बैशाख २०८१, बुधबार | April 25, 2024

फाइनान्सियल एक्सन टास्क फोर्सले पाकिस्तानलाई ग्रे लिस्टबाट हटायो



काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्सले पाकिस्तानलाई आफ्नो ग्रे लिस्टबाट हटाउने घोषणा गरेको छ ।

शुक्रबार पेरिसमा एफएटीएफका अध्यक्ष टी राजा कुमारले यो घोषणा गरेका हुन्।

राजाले भनेका छन्, पाकिस्तान २०१८देखि ग्रे लिस्टमा थियो । पाकिस्तानी अधिकारीहरूले धेरै काम गरेपछि, तिनीहरूले एन्टी-मनी लान्ड्रिंग र प्रतिआतंकवाद वित्तत्तय प्रणालीमा रहेका कमजोरीहरूलाई सम्बोधन गर्न ३४ वटा संयुक्त कार्यसम्पदान पुरा गरेकाछन् ।

राजा कुमारले एफएटीएफले यस महत्वपूर्ण प्रगतिलाई स्वागत गरेको बताउँदै पाकिस्तानले अब थप प्रभावकारी रूपमा एन्टि-मनी लान्ड्रिंग र आतंकवादी वित्तीय नियन्त्रण गर्न सक्ने विश्वास व्यक्तगरेका छन् ।

एफएटीएफको ग्रे लिस्टबाट पाकिस्तानको नाम हटाएकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आभार व्यक्त गरेका छन्।

‘पाकिस्तान ग्रे लिस्टबाट बाहिरिनु भनेको वर्षौंदेखि हाम्रो दृढ र निरन्तर प्रयासको प्रमाण हो ।’ ट्वीट गर्दै उनले भनेका छन् ‘आजको दिनको सफलतामा अथक परिश्रम गर्ने नागरिक र सैनिक नेतृत्वका साथै सबै निकायलाई बधाई दिन चाहन्छु ।’

शहबाज शरीफले पाकिस्तानलाई ग्रे लिस्टबाट बाहिर निकाल्न संयुक्त कार्य गरेकोमा विदेशमन्त्री बिलावल भुट्टो, सेना प्रमुख जनरल कमर जावेद बाजवा, उनीहरूको टोली र सबै राजनीतिक दलहरूको भूमिका र प्रयासको पनि प्रशंसा गरेका छन्।

यस्तै सूचना र प्रसारण मन्त्री मरियम औरंगजेबले ग्रे लिस्टबाट पाकिस्तान बाहिरिएकोमा राष्ट्र र गठबन्धन पार्टीहरूलाई बधाई दिएकी छिन्।

उनले सरकार वा प्रतिपक्षमा भए पनि सहयोगी दलका लागि राष्ट्रिय अखण्डता र हित सर्वोच्च हुने बताइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ०६ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको