९ पुस २०८२, बुधबार | December 24, 2025

माओवादी सल्लाहकार श्रेष्ठ र गैरे एमालेमा प्रवेश



बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे एमाले प्रवेश गरेका छन् ।

बुटवलमा शनिबार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शनिबार पार्टीमा स्वागत गरे । उनीहरू २०५७ मा द्वन्द्वकालमा एमाले छाडेर माओवादी प्रवेश गरेका थिए ।

पुरानै घरमा फर्किन पाउँदा खुसी भएको श्रेष्ठले बताए । उनीहरू पार्टीमा स्वागत गर्दै पौडेलले पुराना नेताहरु एमालेमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै उचित स्थान दिने बताए ।

नेताहरुलाई एमाले प्रवेश गराउँदै एमाले उपाध्यक्ष पौडेलले देशको समृद्धि र विकासका लागि एमालेलाई बलियो बनाउनुको विकल्प नभएको बताएका छन् ।

उनले केही स्वार्थी समूहहरुले एमालेविरोधी अभियान चलाएपनि नागरिकले देशको पक्षमा, समृद्धिको पक्षम कसले काम गरेको छ भन्ने विषय बुझिसकेको बताए । विभिन्न कारणले एमालेको नेतृत्व बाहिर रहेकाहरुलाई सबै मिलेर गोलबन्ध गराउने विषयमा सबै जुट्नुपर्ने समय आएको नेता पौडेलको भनाइ थियो ।

कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले ठूलो संघर्ष गरेका नेताहरुले एमाले रोजेका कारण सबैलाई उत्साह थपिएको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ४३ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)