३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सकियो चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन, राष्ट्रपति सीको ‘दुई स्थापना’ र ‘दुई सुरक्षा’ संशोधन प्रस्ताव पारित



काठमाडौँ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । वर्तमान राष्ट्रपति सी जिन्पिङलाई थप शक्तिशाली बनाउँदै चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशन शनिबार सम्पन्न भएको हो ।

पार्टीको महाधिवेशनले ‘दुई स्थापना’ र ‘दुई सुरक्षा’ शिर्शकको संशोधन प्रस्ताव पारित गर्दै संविधानमा सी जिन्पिङ विचारधारालाई थप मजबुत बनाइएको बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ । महाधिवेशनले सी जिन्पिङ विचारधारालाई आधारभूत राजनीतिक सिद्धान्तका रुपमा स्विकार गरिएको पनि जनाइएको छ ।

बेलायती अखबार द गार्जियनका अनुसार महाधिवेशनले २०५ सदस्सीय केन्द्रीय समिति पनि चयन गरेको छ । पार्टीले आइतबार पोलिटब्युरो स्थायी समिति चयन गर्ने जनाइएको छ ।

पार्टीले आइतबार स्थानीय समयअनुसार मध्याह्न १२ बजे ग्रेट हल अफ पिपुलमा पत्रकारहरुमाझ महाधिवेशनले पारित गरेको प्रस्ताव तथा नयाँ नेतृत्व सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आइतबार नै पार्टीले सीलाई तेस्रो कार्यकालका लागि महासचिव र राष्ट्रपतिका रुपमा घोषणा गर्ने अपेक्षा गरिएको छ ।

यसै्रबीच भारतीय कतिपय सञ्चारमाध्यमहरुले चीनमा सी कमजोर भएरको र नजरबन्दमा राखिएको जस्ता विवादस्पद खबर सार्वजनिक गरिहेका बेला चीनको कम्युनिष्ट पार्टीले थप एकता र थप शक्तिशाली पार्टी निर्माण भएको दाबी सहित महाधिवेशन सम्पन्न गरेको हो ।

वर्तमान प्रधानमन्त्री लीलाई बाहिर राखेर केन्द्रीय समितिको चयन भएपछि पार्टीमा राष्ट्रपति सीका समर्थकहरुको बर्चश्व रहेको पुष्टि भएको विश्लेषकहरुको भनाई छ । उनीहरुले पोलिटब्युरो स्थायी समितिमा रहने र पार्टीमा सीको पकड अझ मजबुत हुने समेत आंकलन गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : १६ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा