५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

बबईमा नुहाउन गएका २ किशोरी बेपत्ता



दाङ । दाङमा स्थानीय बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । आज दिउँसो नदीमा नुहाउन गएका २ जना किशोरी बेपत्ता भएको दाङ प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेको दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।

एसपी ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए । सँगै गएका मध्य दङ्गीशरण–२ की १३ वर्षीया निरूता बस्नेत भने नदी छेउमै बसेकी र नुहान नदीमा पसेका दुबै जना नदेखिएपछि उनले हार गुहार माग्दै कराउन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तुलसीपुरबाट घटनास्थलमा पुगेको प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : ५० बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै