७ चैत्र २०८२, शनिबार | March 22, 2026

एमाले छाड्नुको कारण बताउँदै मत माग्दै – घनश्याम भुसाल



बुटवल । नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभातर्फ रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका बाम नेता घनश्याम भुसाल मंसिर ४ को निर्वाचन नजिकिँंदै जाँदा विकास निर्माण र समृद्धि जस्ता अमुर्त आश्वासन भन्दा आफुले एमाले छाड्नुको कारण बताएर जनतासँग मत माग्ने गरेका छन् । जनतालाई विकास समृद्धिका लोभ देखाउनु भन्दा विकास र समृद्धि नआउनुको कारण बुझाउन आफुले निर्वाचनमा भाग लिएको भुसालले भन्ने गर्दछन् ।

एमाले किन छाडियो?, एमाले किन कम्युनिष्ट बन्न सकेन ?, देशमा किन विकास र समृद्धि आएन ?, एमाले भित्र क्रान्तिकारीहरु किन अट्न सकेनन् ? भुसालका जनतामा जाँदा यस्ता प्रश्नहरु हुने गरेको एक मतदाताले बताए । त्रिभूज चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका भुसाललाई सत्तारुढ पाँच दलीय गठबन्धनले साथ दिएको छ ।

संसद विगठन देखि चुलिएको विवाद चर्किंदै जाँदा झलनाथ खनाल, माधव नेपाल लगायतले एमाले परित्याग गर्दा पनि एमालेमा अन्तरविरोधको नेतृत्व गरिरहेका भुसाल, भीम रावल लगायतका नेताले एमाले भित्रै बस्ने निर्णय लिएका थिए । अन्तरविरोधको नेतृत्व गरेकै कारण एमालेमा भीम रावल र भुसाललाई मुख्य निसाना बनाएर एमाले अध्यक्षले टिकटबाट समेत बन्चित गरेपछि भुसालले पार्टी त्यागेको घोषणा गरेका थिए ।

भुसालको दैनिक आफू निकटका एमाले तथा गठबन्धनका नेता कार्यकर्तालाई भेट्ने, परामर्श गर्ने र आमसभाहरु गरेर जनतालाई राजनीतिक अवस्था बुझाउने कार्यलाई नै प्राथमिकतामा राखेका छन् । रुपन्देही क्षेत्र नं. १ यसअघि ०७४ सालमा पनि एमालेका उम्मेद्वार छविलाल विकले जितेको क्षेत्र हो । अहिले पनि एमालेबाट विक नै उम्मेद्वार बनेका छन् । भुसाललाई मन पराउने यहाँका एमाले नेता कार्यकर्ताले उनलाई भेट्ने र परामर्श गर्ने गरेको उनी निकट मनोज रिजालले जानकारी दिए ।

भुसालले गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेद्वार द्वय अब्दुल रज्जाक र विश्वनाथ यादवसंगै चुनावी अभियान जारी राखेका भुसालसँग प्राय हरेक कार्यक्रममा यादव र रज्जाक सँगै देखिन्छन् । रज्जाक र यादव क्षेत्र नम्बर १ का स्थानीय लोकप्रिय नेता मानिन्छन् ।

भुसालको हरेक भाषणहरुमा एमाले पार्टी अध्यक्ष केपी ओलीकै गलत कार्यशैलीको कारण आफूले एमाले परित्याग गरेको, पार्टीको नीति, सिद्धान्त र समसामयिकताबिरुद्ध ओलीले ब्यक्तिबादी चरित्र देखाएको र पार्टीलाई कुनै निजी कम्पनी जस्तो बनाएकाले समस्या आएको उनको तर्क हुने गर्दछ ।

समान्यतया अभिबादन र लालसलाममा बानी परेका भुसालले चुनावी सभामा भने नमस्तेबाट सुरु गरेर लालसलाम हुँदै जय नेपाल पनि भन्ने गर्दछन् ।

प्रदेशसभाका उम्मेद्वार अब्दुल रज्जाकले गठबन्धनले भुसाल जस्तो बौद्धिक नेता यो क्षेत्रले पाउनु उचित अवसर भएको बताउँछन् ।

करिव एक लाख मतदाता रहेको रुपन्देही १ मा देवदह नगरपालिकाका १३ वटै वडा, तिलोत्तमा नगरपालिकाका ९, ओमसतिया गाउँपालिकाका ५ वटा वडा र रोहिणी गाउँपालिका पर्दछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ४८ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा