७ आश्विन २०८३, बुधबार | September 23, 2026

सीपीसीको महासचिवमा सी चिनफिङ निर्वाचित, सीसहित सात सदस्यीय स्थायी कमिटी गठन



बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिवमा सी चिनफिङ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न २० औं पार्टीमहाधिवेशनपछि आइतबार बसेको केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले सी चिनफिङलाई २० औं केन्द्रीय समितिको महासचिवमा निर्वाचित गरेको हो ।

सन् २०१२ मा पहिलोपटक महासचिवमा निर्वाचित भएका सी २०१७ मा पुनः दोस्रो पटक महासचिवमा निर्वाचित भएका थिए । सीपीसीको विधानलाई परिवर्तन गरिएपछि सी पुनः तेस्रोपटक पनि महासचिवमा निर्वाचित भएका छन् ।

सी कै अध्यक्षतामा सम्पन्न बैठकमा सीपीसीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यहरू सहभागी थिए।

बैठकले सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरेको छ ।

बैठकले सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको सात सदस्यीय स्थायी समिति पनि चयन गरेको छ । जसमा सी चिनफिङ, ली चियाङ, चाओ लेची, वाङ हुनिङ, काइ ची, तिङ सुइसियाङ र ली सी छन्।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यहरू पनि निर्वाचित गरेको छ । जसले सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिले मनोनित सीपीसी केन्द्रीय समिति सचिवालयका सदस्यहरूलाई अनुमोदन गरेको थियो।

बैठकले केन्द्रीय सैन्य आयोगका सदस्यहरुको नाम तोकेको छ ।

बैठकले २० औं सीसीडीआईको पहिलो पूर्ण बैठकमा निर्वाचित केन्द्रीय अनुशासन आयोग (सीसीडीआई) को स्थायी समितिका सचिव, उपसचिव र सदस्यहरूलाई अनुमोदन गरेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : २४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज