१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सेयर बजार १४.३५ अंकले बढ्यो, सोमबारदेखि एक साताका लागि कारोबार बन्द



काठमाडौं । नेप्से परिसूचक आइतबार उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको छ । क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ ।

सेन्सेटिभ इन्डेक्सको २.८८ अंकले बढेर ३६५.९३ विन्दुमा पुगेको हो । साथै १३५ कम्पनीको मूल्य बढ्दा ३९ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर छ ।

कूल २२१ वटा कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार ४८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये होटल तथा पर्यटन १९.९४ र म्युचुअल फण्ड ०.०४ ले घट्दा बाँकी सबै उपसमूह उकालो लागेको छ।

सबैभन्दा धेरै नन लाइफ इन्स्योरेन्स ९०.०९ अकंले बढेको छ । एभरेष्ट बैंक लिमिटेडको ५ करोड १६ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल बैंक लि. को ३ करोड ३८ लाख ८० हजार रूपैयाँले कारोबार भएको नेप्से परिसूचकले जनाएको छ ।

‍‍‍‍‍‍तिहारअघि सेयर कारोबार गर्ने आइतबार अन्तिम दिन हो । सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से एक साताका लागि बन्द रहनेछ । अब नेप्से १४ कात्तिकमा खुल्नेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : २५ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना