७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिद्वन्द्वीलाई ‘राजा’को संज्ञा दिंदै इस्तियाकले भने आफुलाई ‘चौकिदार’



नेपालगन्ज । जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्रनं २ का २७ वटै वडाहरूमा घरदैलो अभियान सुरु गरेको छ । जसपाले तिहारको पहिलो दिन पार्टीले निर्वाचन क्षेत्रका सबै वडाहरूमा एकै साथ घरदैलो अभियान सुरु गरेको हो ।डुडुवा गाउँपालिका वडानं ६ हिरमिनियाबाट जसपाका नेता तथा प्रतिनिधिसभा बाँके क्षेत्रनं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले घरदैलो अभियानको सुरुवात गरेका हुन्।

घरदैलो कार्यक्रमको उदघाटन गर्दै उनले चुनावी अभियानमा खटिएका आफ्ना कार्यकर्ता तथा मतदाताहरूलाई आपसी भाइचारा, सद्भाव र विकासका लागि जनता समाजवादीलाई फेरि एकपटक जिताउनका लागि निरन्तर लागि पर्न आह्वान गरे ।

बाँके २ मा नेपालगन्ज उपमहानगरपालिकाका २१ वटा र डुडुवा गाउँपालिकाका छ वटा वडाहरू समेटिएका छन् ।

घरदैलो अभियानको सुरुवात गर्दै उम्मेदवार राईले मतदाताले अब फेरि राजा ल्याउन नभएर आफ्ना लागि ‘चौकिदार’ चुन्ने बेला आएको बताए । ‘धोती, टोपी र शीरमा फेटा बाँधेकाहरूको अधिकारका लागि हाम्रा अग्रजहरूले, सहीदहरूले आफ्नो रगत बगाएर ल्याएको यो शासन व्यवस्थाहो’ उनले भने ‘यो कसैको निगाहमा आएको होइन । विकास त्यसै आएको होइन ।राज्य संरचनामा हाम्रा उपस्थिति त्यसै बाध्यकारी भएको पनि होइन ।’

उनले प्राप्त उपलब्धीलाई बचाउनका लागि फेरि एकपटक जसपाका प्रतिनिधिहरू संसदमा पुग्न जरुरी रहेको पनि बताए । उम्मेदवार राईले अहिले प्रतिपक्षीहरूले जसपा र त्यसका उम्मेदवारहरू विरूद्ध झुटा कहानी र भ्रमहरू फैलाउन उद्देत रहेको भन्दै त्यस प्रति सचेत रहन पनि मतदाताहरुलाई आग्रह गरे।

उम्मेदवार राईले अहिले पनि विपक्षीहरूले धार्मिक र सामाजिक सद्भाव भड्काउनका लागि अनेक षड्यन्त्रहरू रचिरहेको र त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिनका लागि हरेक कार्यकर्तालाई सचेत रहन आग्रह गरे। ‘मैले सुरूदेखि नै भनिरहेको छु धर्म, जात अनि सम्प्रदाय होइन विकासका लागि राजनीति गरौं।’उनले भने ।

 

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ६ : ३५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११