२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित



काठमाडौं । आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको छ ।

कांग्रेसले मंसिर ६ गते घोषणापत्र सार्वजनिक कार्यक्रम तय गरेको थियो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सुदूरपश्चिम र कर्णालीका कार्यकर्ता भेलामा व्यस्त रहेपछि आज बिहानलाई सारिएको थियो ।

आज बिहान १०ः३० बजे सार्वजनिक गर्ने भनिएको कार्यक्रम स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

मुख्य सचिव पौडेलले आज बिहान विज्ञिप्ति जारी गरी अनिश्चितकालका लागि घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ४६ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ