१६ बैशाख २०८२, मंगलबार | April 29, 2025

आज खण्डग्रास सूर्यग्रहण लाग्दै : ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?



काठमाडौं । आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए ।

‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुदैन,’ उनले भने ।

दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रमण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।

सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए ।

उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यानलगायतका साधना गरेमा शुभ हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ४८ बजे

शिक्षक र सरकारबीच वार्ता असफल, आन्दोलन आज पनि जारी रहने

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचको वार्ता सफल

कैलालीमा प्रचण्डलाई अछामी विशेष परिकार भक्सीको स्वाद चखाइयो

कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई-मधेस जागरण अभियानको

बुटवलको योगिकुटीस्थित देवस्थल मन्दिरमा पदस्थापन

बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ