४ श्रावण २०८३, सोमबार | July 20, 2026

जव सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म देखाइयो



मुम्बई । आज सूर्यग्रहण लाग्दैछ । यसपटक सूर्यग्रहण हेर्न मानिसहरु उत्साहित छन् । उनीहरु चस्मा तथा अन्य प्रविधिको माध्यमबाट ग्रहण हेर्ने तयारीमा छन् । तर धेरै अघि यस्तो अवस्था थिएन ।

प्रविधिको विकास नहुँदा सूर्यग्रहणलाई नांगो आँखाले हेर्नु हुँदैन भन्ने मान्यता थियो, किनकी यसका किरण घातक हुन्थे । यो थाहा हुँदा हुँदै पनि मानिसहरु ग्रहण हेर्न घरबाट बाहिर निस्कन्थे ।

यहीकारण ४४ वर्षअघि भारत सरकारले सूर्यग्रहण हेर्न आम मानिसलाई रोक्नका लागि एक अनौठो उपाय अपनाएको थियो ।

यो कुरा १६ फेब्रुअरी १९८० को हो । त्यो दिन सूर्यग्रहण थियो । सरकारलाई आफ्ना नागरिक बिना कुनै सुरक्षा घरबाहिर निस्किएर ग्रहण हेर्लान् र त्यसको असर उनीहरुमा पर्ला भन्ने चिन्ता थियो । त्यसपछि सरकारले मानिसलाई घरभित्रै बसाउनका लागि फिल्म उद्योगको सहयोग लियो । सरकारले दुरदर्शनमा अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म ‘चुपके चुपके’ देखाउने निर्णय लियो ।

त्यो समयमा टेलिभिजनमा आइतबार फिल्म देखाइन्थ्यो । यो समयमा टेलिभिजनमा फिल्म हेर्न पाउनु एउटा छुट्टै क्रेज थियो । तर शनिबार सूर्यग्रहण परेपछि सरकारले शनिबार नै टेलिभिजनमा फिल्म देखाउने निर्णय लियो । जसकारण जनता खुशी भए ।

सन् १९७८ मा रिलिज कमेडी फिल्म ‘चुपके चुपके’मा शर्मिला टैगोर र जया बच्चनको पनि अभिनय थियो । ऋषिकेज मुखर्जी निर्देशित फिल्ममा धर्मेन्द्रले ड्राइभर प्यारे मोहन र प्रोफेसर परिमल त्रिपाठीको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ४७ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री