८ चैत्र २०८२, आइतबार | March 22, 2026

कर्णालीका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील



सुर्खेत । कर्णाली प्रदेशका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएको छ । सुरक्षाका हिसावले कर्णाली प्रदेशका २७६ निर्वाचनस्थल अतिसंवेदनशील रहेको औंल्याइएको छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावलाई लक्षित गरी जिल्लाका निर्वाचन सुरक्षा समितिले अतिसंवेदनशील सूचीमा राखेको हो ।

रुकुम पश्चिमका २१ , कालिकोट ७४, डोल्पा २३ , सल्यान ६३, दैलेख ४८, सुर्खेत २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ ।

जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील छन् । जसमध्ये, रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका ६, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल छन् । प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ ।

कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चारसय तीन मतदान केन्द्र निर्धारण गरिएको छ । आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता छन् ।

कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । अन्य ६ जिल्लामा समानुपातिकको मतपत्र पुगिसकेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : १७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा