४ जेष्ठ २०८३, सोमबार | May 19, 2026

झुठा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाउन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा “नो नट अगेन” नाम रहेका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

झुठ फेसबुक पेजरग्रुपहरू सिर्र्जना गरी नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।

उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै आयोगले झुठा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमको गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ । साथै, उक्त फेसबुक पेजरग्रुपहरू तत्काल नहटाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने आयोगले चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ७ : ४८ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा