१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कैलालीका ८ स्थानमा अस्थायी मतदान केन्द्र



कैलाली । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका-२ को वनदेवि मन्दिर र वडा नं. ४ को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।

यस्तै गौरीगङ्गा नगरपालिका-६ को बाह्रवन साझेदारी वन व्यवस्थापनको कार्यालय, वडा नंं. ८ को बडैपुर वडा कार्यालय, लम्कीचुहा नगरपालिका-३ को वडा कार्यालय र टीकापुर नगरपालिका-१ को सिटी हललाई पनि अस्थायी मतदान केन्द्र तोकिएको छ ।

अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी र कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यी मतदाताको सङ्ख्या जिल्लामा चार हजार सात सय ७६ छ भने स्थायी मतदाता भने पाँच लाख ३५ हजार पाँच सय १४ छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले अस्थायी मतदाताले अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने बताए । जिल्लामा स्थायी मतदानस्थल दुई सय ३७ र मतदान केन्द्र छ सय २९ तोकिएका छन् । समानुपातिक मतपत्रका साथै सबै निर्वाचन क्षेत्रमा मतपेटिका पु¥याइसकिएको छ ।

तयारीको क्रममा सुदूरपश्चिम प्रदेशका कैलालीसहित कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र पु¥याइसकिएको छ । अछाम र बाजुरामा केही दिनभित्रै यी मतपत्र पु¥याइने छ ।

प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा (अस्थायी मतदाताबाहेक) १६ लाख ५६ हजार चार मतदाता छन् । प्रतिनिधिसभातर्फ कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् ।

पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक-एक निर्वाचन क्षेत्र छन् । एक मतदान केन्द्रमा स्वयंसेवकसहित बढीमा ११ कर्मचारी खटाउन लागिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : ०८ बजे

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी

किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?

काठमाडौं । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका