६ पुस २०८२, आइतबार | December 21, 2025

गृहमन्त्री खाँणलाई भैरहवामा गराइयो मण्डप बिनाको म्ह पुजा



बुटवल । गृहमन्त्री बालकृष्ण खाणको म्हः पूजामा सरिक भएका छन् । नेवाः खल सिद्धार्थनगरले नेपाल संवत् ११४३ को अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्रीको म्हः पूजा गरिएको हो ।

नेवाः परम्परामा कार्तिक कृष्ण प्रतिपदाको राती घरभित्र ढोका बन्द गरेर आ आफ्ना अगाडि विशेष प्रकारको मण्डप बनाई बिधि पूर्वक आत्म पुजा गर्ने परम्परा रहँदै आएपनि गृहमन्त्री खाँणका लागि गरिएको म्ह पुजामा न त मण्डप बनाइएको थियो, न त समयको साईत जुराइएको थियो । शोफामा बसेका गृहमन्त्री खाँणलाई नेवाः खल आवद्ध महिलाहरुले टिका, माला र पुस्पले अभिेषेक गर्दै म्ह पुजा गराएका थिए । म्ह पुजामा सरिक भएको देखाउनका लागि मात्र कार्यक्रम गरिएको भैरहवाका एक नेवाः अगुवाले नाम नलेख्ने शर्तमा टिप्पणी गरे ।

आज हिन्दु तथा बौद्ध दुवै समुदायका नेवारहरूले आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गर्छन् । सो अवसरमा गृहमन्त्री खाणले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको तस्विरमा माल्यार्पण पनि गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ३ : ०० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ