५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा बने रुपन्देही-२ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार



बुटवल । निर्वाचन कार्यालयले खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार बिहिन भएको सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई साझा उम्मेदवार बनाउने भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएपछि खालि भएको रुपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका केशव बहादुर थापालाई साझा उम्मेदवार बनाउने भएको हो ।

आज अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति प्रकाशित गर्दै थापालाई साझा उम्मेदवार बनाउने जनाएका हुन् । कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोग विरुद्ध सर्वोच्च पुगेका गुरुङको रिट सर्वोच्चबाट पनि खारेज भएपछि रुपन्देही २ सत्ता गठबन्धनको उम्मेदवारबिहिन भएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ५० बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया