७ आश्विन २०८३, बुधबार | September 23, 2026

जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा बने रुपन्देही-२ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार



बुटवल । निर्वाचन कार्यालयले खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार बिहिन भएको सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई साझा उम्मेदवार बनाउने भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएपछि खालि भएको रुपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका केशव बहादुर थापालाई साझा उम्मेदवार बनाउने भएको हो ।

आज अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति प्रकाशित गर्दै थापालाई साझा उम्मेदवार बनाउने जनाएका हुन् । कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोग विरुद्ध सर्वोच्च पुगेका गुरुङको रिट सर्वोच्चबाट पनि खारेज भएपछि रुपन्देही २ सत्ता गठबन्धनको उम्मेदवारबिहिन भएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ४ : ५० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज