३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

बिहान ५ बजेदेखि बालगोपालेश्वर मन्दिर खुला



काठमाडौं । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला हुने भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन अर्थात आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौं महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ५ : ४७ बजे

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार

पत्रकारको नाममा सूचना माग्दै बार्गेनिङ गर्ने प्रवृत्ति पनि छ : प्रमुख सूचना आयुक्त आचार्य

हेटौडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद

अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्यलाई केही दिन अस्पताल राखिने, यस्तो छ अवस्था

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा गोल्डकपको च्याम्पियन

काठमाडौं । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको