५ पुस २०८२, शनिबार | December 20, 2025

एलन मस्क बने ट्वीटरको मालिक, बर्खास्त गरे चार वरिष्ठ कर्मचारी



सान फ्रान्सिस्को । विश्वकै धनाढ्य एलन मस्कले सोशल मिडिया कम्पनी सामाजिक सञ्जाल ट्विटरको स्वामित्व आफूले लिएपछि ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन् ।

४४ अर्ब डलर डिल क्लोज गरेसँगै मस्कले ट्विटरका सिइओसहित उच्च कर्मचारी बर्खास्त गरेका हुन् ।

बर्खास्त गरिएका ट्विटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन् ।

मस्कले ट्विटर किन्नको लागि आफ्नो सम्झौता पूरा गर्न शुक्रबारको म्यादको सामना गर्नुपरेको छ । कार्यकारीहरूलाई बर्खास्त गर्दा उनले अधिग्रहण बन्द गरेका थिए कि थिएनन् भन्ने स्पष्ट पारिएको छैन् । उनी बुधबार सान फ्रान्सिस्कोमा कम्पनीको मुख्यालय पुगेका थिए र इन्जिनियरहरू र विज्ञापन कार्यकारीहरूसँग भेटेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको